मानव अधिकार उल्लङ्घन, वातावरणीय सरोकार, स्वास्थ्य तथा सुरक्षा खतरा र अन्य सरोकारहरू हुँदा छिटो र भरपर्दो कदमहरू चाल्न आवश्यक पर्छ। तपाईं उल्लङ्घनबाट प्रभावित हुनुहुन्छ वा उल्लङ्घन भएको देख्नुभएको छ भने, हामी तपाईंलाई उजुरी दायर गर्ने सजिलो तरिका उपलब्ध गराउँछौँ। हामी प्रत्येक उजुरीको छानबिन गरी अज्ञात र गोपनीय ढङ्गले व्यवहार गरिने कुराको प्रत्याभूति दिन्छौँ।
हामीलाई तपाईंबाट के-कस्ता जानकारी आवश्यक हुन्छ?
1. नाम (तपाईं नाम दिन चाहनुहुन्न भने, तपाईं अज्ञात रूपमा उजुरी दायर गर्न सक्नुहुन्छ; यद्यपि, यसरी उजुरीको प्रक्रिया जटिल र ढिलाइ हुन सक्छ)
2. सम्पर्क जानकारी, जस्तै टेलिफोन नम्बर, इ-मेल ठेगाना वा हुलाक ठेगाना
3. तपाईं बसोबास गर्ने देश तथा सहर र लागूयोग्य भएमा उत्पादन क्षेत्र वा स्थानबारे स्पष्ट पहिचान दिने अन्य जानकारी
4. मानव अधिकार, वातावरणीय, स्वास्थ्य वा सुरक्षासम्बन्धी सूचना प्राप्त भएको मिति वा समयावधिसहित विस्तृत विवरण। उपलब्ध भएमा, सहायक प्रमाण पेश गर्न नहिचकिचाउनुहोस्।
5. उजुरीकर्ता वा अन्य प्रभावित पक्षहरू अज्ञात र सुरक्षित रहनु पर्छ वा पर्दैन भन्नेबारे जानकारी।
यहाँ आफ्नो उजुरी लिखित रूपमा पेश गर्नुहोस्।
तपाईंको उजुरीको प्रक्रिया कसरी गरिन्छ?
1. सन्देश प्राप्त भएपछि, हामीले 24 घण्टाभित्र उजुरी प्राप्त गरेको कुरा स्वीकार गर्ने छौँ।
2. DEICHMANN मानव अधिकार अधिकारीले उजुरीको कारण निर्धारण गर्नुहुन्छ र यसको स्वीकार्यता जाँच गर्नुहुन्छ। उजुरी स्वीकार्य फेला परेमा विस्तृत छानबिन चालिन्छ र उजुरीकर्तालाई अपेक्षित प्रक्रिया अवधिबारे जानकारी दिइन्छ।
3. गहन छानबिन आवश्यक परेमा, DEICHMANN ले आफ्नै कार्यक्षेत्रमा निरीक्षण गरी एक जना सेवा प्रदायक नियुक्त गर्ने छ। यी निरीक्षण गरेबापत लाग्ने लागतहरू DEICHMANN ले बेहोर्ने छ।
4. त्यसपछि,उजुरी पक्षहरूबिच आपसी सहमतिमा सुल्झाउन सकिन्छ। सहमतिमा आउन सम्भव नभएमा, DEICHMANN लाई सबै पक्षको व्यापक विचारपछि उजुरीको नतिजा निर्णय गर्ने अधिकार छ।
5. DEICHMANN समूहका कार्यहरूले उजुरी निम्त्याएका वा योगदान गरेका छन् भने, हामीले गुनासो समाधान गर्न वा यसका प्रभावहरूलाई कम गर्न र सम्भव भएमा यसको पुनरावृत्ति रोक्न प्रक्रियाहरू सुरु गर्ने छौँ।